बीरगंज । बीरगंज स्थित एकिकृत तथा आईसिपी भन्सार नाका हँुदै आर्थिक बर्ष २०८१/०८२ को साउनमा भारत तथा तेस्रो मुलुक तर्फ २ अर्ब ४२ करोड, ८४ लाख ३५ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।
वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
आईसिपी भन्सार नाकाहुँदै आर्थिक बर्ष २०८१/०८२ साउन महिनामा ४८ करोड ९ हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ भने एक महिनाको अवधिमा ३७ करोड ३९ लाख ९१ हजार मूल्य बराबरको फलामे पाता निर्यात भएको छ ।
त्यसैगरी एक महिनाको अवधिमा ३२ करोड ९४ लाख ५२ हजार मूल्य बराबरको पिना, १६ करोड २२ लाख ६० हजार मूल्य बराबरको जमोठ कपडा निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनु भयो ।
त्यसैगरी आर्थिक बर्ष २०८१/०८२ को पहिलो महिनामा १५ करोड ८२ लाख २ हजार मूल्य बराबरको नेपालका उत्पादनहरू भारत निर्यात भएको छ भने १२ करोड ४१ लाख १४ हजार मूल्य बराबरको लोडर एक्स्काभेटर, ११ करोड ५७ लाख ७ हजार मूल्य बराबरको सेन्थेटिक यार्न, ११ करोड ३८ लाख ८८ हजार मूल्य बराबरको एम.एस.स्टील स्ट्रीप भारत निर्यात भएको छ ।
बीरगंज भन्सार नाकाबाट ९ करोड ६० लाख ४६ हजार मूल्य बराबरको उनी गलैँचा, ७ करोड ६० लाख १० हजार मूल्य बराबरको मनोरञ्जनका सामान, ७करोड ८ लाख१ हजार मूल्य बराबरको कुकुर वा बिरालोको खाना, ५ करोड ९४ लाख ४ हजार मूल्य बराबरको स्पोर्ट सुज, ५ करोड ५८ लाख ८१ हजार मूल्य बराबरको दन्त मन्जन, ५ करोड १५ लाख ७५ हजार मूल्य बराबरको रेसाको कपडा, ३ करोड ७६ लाख ४१ हजार मूल्य बराबरको आयुर्वेदिक औषधी, ३ करोड ७० लाख ६८ हजार बराबरको स्टिलका भाडाकुडा र ८ करोड भन्दा बढीको सि.आर.सीट, जीआई.पाइप, तयारी कपडा, र पोसाकका नमूना भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । रोडियो नेपाल