वीरगञ्ज । सनलाईट स्कुलको आयोजनामा माघ २८ गते देखि हुने सनलाईट ईन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
मिनिल्याण्ड स्कुलमा आईतबार साँझ पत्रकार सम्मेलन गरि सनलाईट स्कुलले सो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा १४ वटा बिद्यालयहरुको सहभागिता हुने प्रतियोगिताको कोडिनेटर अमित आलोकले जानकारी दिए । उहाँले आईसीसिकै फरम्याटमा प्रतियोगिता संचालन हुने जानकारी दिनुभयो ।
पछिल्लो समय नेपालमा क्रिकेटको क्रेज बढेकोले वीरगंजमा पनि क्रिकेट खेलको बिकाशको लागि प्रतियोगिता गर्न लागिएको आयोजक सनलाईटका फाउन्डर आलोक चौरसियाले जानकारी दिए । चौरसियाले प्रतियोगिता नारायणी क्रिकेट रंगशालामा बिहान ९ बजे र दिउसो १ बजे गरि दुई चरणमा संचालन हुने जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल बिहान ९ बजे मनोकमना स्कुल र ज्ञानदा एकडेमी बिच हुने र प्रतियोगिताको उद्घाटन दिउँसो १२ ः १५ बजे हुने चौरसियाले जानकारी दिनुभयो । प्रतियोगितामा माउन्ट मकालु, मिनिल्याण्ड, मनोकामना, ज्ञानदा एकडेमी, गौतम स्कुल, ज्ञान ज्योति, एस.आर. ग्यालेक्सी, जिवन ज्योति,सिडब्लुएस, सनलाईट, लिटिल एन्जल, ओम ईन्टरनेशलन, वीरगंज एकडेमी बिद्यालयले भाग लिएका छन ।
प्रतियोगिता संचाल्नका लागि करिब अढाई लाख खर्च हुने र बिजयी टिम र खेलाडीहरुलाई प्रमाण पत्र सहित मेडल र शिल्ड बितरण गरिने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा जिवन ज्योतिका प्र.अ. शिव गुप्ता,प्यापसन वीरगंजका कोषाध्यक्ष सुरज कुर्मी लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण प्रतियोगिताको कोडिनेटर अमित आलोकले जानकारी दिए ।