वीरगञ्ज । वीरगञ्ज महानगरपालीका वडा नं.– ११ को वडा अध्यक्ष पदका लागि महेश्वरलाल महतोले आफ्नो मनोनयन दर्ता गराएका छन् । वडावासीले खोजे र सोचे अनुसार वडाको विकास नभएको कारण आफ्नो मनोनयन दर्ता गराएको वडाध्यक्ष पदका उमेदवार महेश्वरलाल महतोले बताउनुभयो ।
विगतको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्षले विकासको नाममा वडावासीलाई निरास गर्ने काम मात्र गरेको वडावासीले अरोप लगाएका छन् । विगत ५ वर्ष देखी वडामा विकास नगर्ने र अहिले चुनाव नजिकिदै विकासको नाममा आफ्नो प्रचार गर्दै हिडने यस्ता वडाध्यक्ष नचाहेको वडावासीले बताएका छन् ।
गत निर्वाचनमा निर्वाचित नभए पनि महेश्वरलाल महतोको नेतृत्वमा पुनः मनोनयन दर्ता गाइएको छ । वडा अध्यक्ष नजिते पनि टोल समाजमा विकाशको लागि उदाहरणीय कार्य गरेर देखाउनु भएको वडावासीहरु बताएका छन् । वडावासीको विश्वास जित्न सफल हुनुभएको र वडावासीले महेश्वरलाल जस्तै मेहनत शिल, लगनशील, सहनशील, कर्मठ, इमनदार, बिकाश प्रेमी, जुझारु नतो वडा नं. ११ को वडाध्यक्ष हुनुपर्ने बताइएको छ ।
नेपाली कांग्रेसले वडा न. ११ मा राम्रो मत ल्याउने नेपाली कांग्रेसका बुथ सभापति मनोज महतो धानुकको विश्वास रहेको छ । बुथ सभापति महतोले भने “वीरगञ्ज महानगरको ११ नं. वडा लगायत अन्य वडाहरूमा पनि पार्टीको मुल्याकंन र जनताहरु को हकहितका लागि महेश्वरलाल जस्तै उम्मेद्वारहरुलाई अवसर दिएका छौँ । हाम्रा उम्मेद्वारहरू जनता सँग जोडिएका हुन्छन्, जनताको समस्यालाई बुझ्ने हुन्छन । जनताको दुख वा सुखमा सेवक बनेर काम गर्छन् र वडाको नेतृत्व गर्ने क्षमता राख्छन् ।”
महेश्वरलालको नेतृत्वको समुहमा अजय कुमार सराफ र श्रवण साह कानु वडा सदस्य पदमा, रेखा नेपाली महिला सदस्य दलित कोटामा, राज कुमारी देवी महिला सदस्यमा मनोनयन दर्ता भएको छ ।