वीरगंज । नेपाल प्रहरीको “सत्य सेवा सुरक्षणम’’ को नारा अहिलेको व्यवहारमा हात्तीको दात जस्तै खाने अर्को देखाउने अर्को देखिएको छ । “सत्य सेवा सुरक्षणम’’ को सपत लिए पनि नेपाल प्रहरीका एक प्रहरी नयाव निरिक्षकले आर्थिक प्रलोभमा परि सिंगो प्रहरी संगठन नै बदना गराउन लागेको एक घटनाले स्पष्ट पारेको छ ।

सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. १२ स्थित भरत ताल पछाडिको बागमती खोलामा प्रहरी कै संरक्षणमा अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेको घटना बाहिरिएको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नयाव निरिक्षक शुवास यादवलाई तस्करहरुले आर्थिक प्रलोभनमा पारि बागमती खोलाबाट अवैध उत्खनन गर्न सक्रिय रहेको जनाइएको छ ।
-1745602581.jpeg)
प्रहरी नयाब निरिक्षक यादवलाई तस्कर समुहले अवैध उत्खनन बापतको एक दिनको ५०,००० (पचास हजार) रकम बुझाउने गरेको स्रोतले जनाएको छ । विशेष गरि रातीको समयमा बागमती खोलाबाट ढुंगा, गिटी, बालुवा निकाल्न एक्स्काभेटर, टिपर र ट्याक्टर लगायत प्रयोग हुने उपकरणहरु प्रहरी नयाव निरिक्षक यादवको संरक्षणमा निर्वाध रुपले खोला उत्खनन गरिरहेको स्रोतको दावी रहेको छ ।बागमती खोलाबाट दिनको सय टिपर भन्दा बढी ढुंगा, गिटी र बालुवा निर्यात हुदै आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले वन तथा चुरे क्षेत्रबाट सामान्यतया ढुंगा, गिट्टी, बालुवा उत्खनन नगर्ने र गर्नुपर्ने भएमा सम्बन्धित निकायको सहमतिमा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित विधिअनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाले ढुंगा, गिटी तथा बालुवा उत्खनन, संकलन र बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ ।
चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने सम्बन्धमा राष्टूपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहमति तथा स्वीकृत मापदण्डका आधारमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले प्रचलित कानुन तथा मापदण्ड बमोजिम ठेक्का बन्दोबस्त गर्नुपर्नेमा तस्करहरूलाई प्रहरी नयाव निरिक्षक शुवास यादवले देखाएको हरियो झण्डाले अवैध रूपमा उत्खनन हुदै आइरहेका छ ।
मुख्यमन्त्रीलाई अवैध उत्खनन रोकन खुल्ला चुनौती
मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंह माथी खोलाहरुको अवैध उत्खनन रोक्न चुनौती थपिएको छ । मुख्यमन्त्री सिंहले अवैध उत्खननमा रोक लागाउन आफ्नो सक्रियता बढाए पनि खासै फलदायी देखिएको छैन । प्रदेशका विभिन्न खोलाहरुको छड्के अनुगमन गरेको र अनुगमनको क्रममा अवैध उत्खननमा संलग्न एक्स्काभेटर, टिपर र ट्याक्टर लगायत प्रयोग हुने उपकरणहरु नियन्त्रणमा लिई कार्यवाहीका लागि सम्बन्धित निकायको जिम्मा लगाएका थिए । तर मुख्यमन्त्री सिंहको आँखा छलेर बागमती खोलामा प्रहरी नयाव निरिक्षक यादवको सहयोगमा तस्कर समुहले निर्वाध रुपमा अवैध उत्खनन गर्दै आइरहेको स्पष्ट देखिन्छ । बागमती खोलामा हुदै गरेको अवैध उत्खननलाई नियन्त्रण गर्न मुख्यमन्त्री सिंहको अगामी रणनिती के हुन्छ, हेर्न बाँकी छ ।
निलम्बित मेयर–उपमेयर विरुद्ध अदालतमा मुद्दा दायर
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तान सहित ६ जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरू माथि वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानीनोक्सानी गरेको अभियोग छ ।

-1745602578.jpeg)