रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्ध दर्शनको भूमि मात्रै नभएर बुद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय चौथो एसियन बुद्धिस्ट कल्चरल फेस्टिबलको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा शान्तिका शिक्षा झन बढी महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
‘हाम्रा प्रयासहरू अगाडि बढ्दै जाने छन् । म आग्रह गर्न चाहन्छु अग्रजहरू जसले मानवता बिचार, शान्ति करुणा का बिचार अबलम्बन गर्दै प्रस्तुत भएका छौँ । प्रधानमन्त्री केपी ओलीले भन्नुभयो, ‘ ८ औँ वर्षमा ५ सय भिक्षुहरू विश्व ब्यापीरूपमा बुद्धका सन्देश फैलाउँदै छरिए त्यसलाई पछ्याउँदै आजसम्म बुद्धिज्मको झन बिस्तार भएको छ ।
प्रधानमन्त्री केपी ओलीले आज विश्वलाई बुद्धका सन्देशले मार्ग दिइरहेको बताउनुभयो । अशोक जस्ता तानासाह राजालाई बुद्धले शान्ति प्रिय भिक्षु बनाएको, यस ठाउँमा आएर अशोकले स्तम्भ बनाएका थिए । चिनियाँ यात्रुहरूले अशोकले गाडेको स्तम्भलाई यही ठाउँमा थियो, बुद्ध जन्म स्थान भन्नुभएको थियो । चिनियाँ भिक्षुले ऐतिहासिक र सांस्कृतिक योगदान गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । आज लुम्बिनीमा एकै प्रस्तरबाट निर्माण भएको लिटिल बुद्धको मूर्ति समेत प्रधानमन्त्रीले अनावरण गर्नुभएको थियो ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय चौथो एसियन बुद्धिस्ट कल्चरल फेस्टिबलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लिटिल बुद्धको मूर्ति अनावरण गर्नुभएको हो । सांस्कृतिक फेस्टिभल र सेमिनार आजबाट सुरुवात भएको हो ।
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिवल लुम्बिनीमा आयोजना गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, बङ्गलादेश, कंबोडिया, चिन, श्रीलङ्का र भारतका भिक्षुहरूको उपस्थिति रहेको थियो ।