वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका अनोज चौधरी र उपाध्यक्षमा कांग्रेस कै रेखा चौधरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय जिराभवानीले जनाएको छ ।
निर्वतमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका रामपृत महतोलाई हराउँदै अनोज र निर्वतमान उपाध्यक्ष एमालेकी उषा देवी थरुइनीलाई हराउँदै रेखा विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा अनोज ४ हजार ५६० मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेका रामपृत ३ हजार २९९ मत प्राप्त गरेका छन् । अनोज १ हजार २६१ मतान्तरले विजयी भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका विकाउ प्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चौधरी १०६५ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी रेखाले ४ हजार ७१० मत ल्याएर विजयी भएका छन् । उनको निकतम प्रतिद्वन्दी एमालेकी थरुनी २ हजार ९६५ मत, जसपाकी बिन्दु देवी थरुनी १ हजार ४२८ मत, माओवादी केन्द्रकी उम्मेदवार ८१४ मत र नेकपा (एकीकृत समाजवादी) की सबरुन नेसा १२७ मत पाएका छन् ।
त्यस्तै गाउँपालिकाको वडा नं. १ मा रामशरण ख्वास थारु, वडा नं. २ मा माहादे महतो थारु, वडा नं. ३ सुरुज राय थारु, वडा नं. ४ मा राजेश्वर दास थारु र, वडा नं. ५ दारा सिहं राउत थारु लागयत वडा सदस्यहरु निर्वाचित भएका छन् ।