वीरगञ्ज । शिक्षा नगर टोल विकास समितिद्वारा नव निर्वाचित जनप्रतिनिधिहरु सम्मानीत भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रपुर स्थित रहेको शिक्षा नगर टोल विकास समितिले २०७९ सालमा स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई सम्मानीत गरेको छ ।
ठाकुर राम बहुमुखी क्याम्पसका पुर्व प्रमुख हरि बहादुर बैधको सभापतित्वमा शनिवार विहान एक कार्यक्रमको आयोजना गरी निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई एवं शुभकामनासहित सम्मान पत्र वितरण गरिएको शिक्षा नगर टोल विकास समितिका सचिव ईन्द्र देव साहले बताउनुभयो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अजय चौरसिया, अतिथि महमद मुस्तकिम हवारी, जगन लाल महतो, महिला वडा सदस्य गौदम देवी महरा, सलमा खातुन सम्मानीत भएका छन् । कार्यक्रमा टोलको सन्दर्भमा ठाकुर राम बहुमुखी क्याम्पसका प्रध्यापक एवं टोल समितिका सह सचिव तेज नारायण यादवले टोलमा रहेको नाला सफा, फोहर व्यवस्थापन, सडक वति, सडक उचाई, नाला ढलान, टोल भित्र सि.सि.क्यामराको व्यवस्थापन लगायत अन्य विभिन्न समस्या बारे प्रकाश पार्नु भयो ।
कार्यक्रममा टोल समितिका उपाध्यक्ष गया प्रसाद साह, टोल समितिका कोषध्यक्ष प्रविन पटेल, पानालाल मा.वि.वीरगञ्जका प्र.अ. एवं टोल समितिका सदस्य अरविन्द लाल कर्ण, टोल समितिका विशेष आर्थिक कोषका संयोजक ताहिर हवारी, भाई नेटका प्रबन्धक एवं टोल समितिका सदस्य अब्दुल कलाम, गोपाल चौधरी, श्याम पटेल लगायत उपस्थीति रहेको थियो ।