पर्सा । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो निकुञ्जसंग जोडिएका पालिका प्रमुखहरू संग आज छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
बन तथा बन्यजन्तु संरक्षण तथा निकुञ्जसंग जोडिएका धेरै बिषयहरुमा निकुञ्जको धारणा र पालिकाहरुले भोगिरहेका समस्याहरूका बिषयमा पालिका प्रमुखहरुसंग छलफल भएको बैठकमा सहभागी ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनु भयो
ठोरी गाउँपालिका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज दुबैसंग जोडिएको पालिका भएकाले एउटा निकुञ्जको नदिजन्य पदार्थ अर्को निकुञ्ज क्षेत्रमा लैजान नसक्ने भएका कारण ठोरीबासीले आफ्नै क्षेत्रको बिकास निर्माणका लागि समेत ढुङ्गा, गिट्टी, बालुवा प्रयोग गर्न नपाएको समस्या अध्यक्ष श्रेष्ठले बैठकमा प्रस्तुत गर्नु भएको थियो ।
जवाफमा चितवन राष्ट्रिय निकुञ्जले पर्सा राष्ट्रिय निकुञ्ज र ठोरी गाउँपालिकासंग त्रीपक्षीय बैठक राखेर समस्याको समाधान गर्ने बताएको छ । निकट भबिष्यमै बैठक राखेर एउटा निकुञ्ज क्षेत्रको नदिजन्य पदार्थ अर्को निकुञ्ज क्षेत्रमा लैजान बैठक सकारात्मक रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
साथै बैठकमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रसंग जोडिएका स्थानहरूमा पर्यटकीय बिकासका सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको अध्यक्ष श्रेष्ठले रेडियो बिजयबस्तीलाई बताउनु भयो ।
बैठकमा ठोरी गाउँपालिका, माडी नगरपालिका लगायत निकुञ्ज संग जोडिएका अन्य पालिकाका प्रमुखहरू, चितवन राष्ट्रिय निकुञ्जका वार्डेन, निकुञ्जका प्रतिनिधिहरु, नेपाली सेनाका अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । श्रोत : रेडियो बिजयबस्ती