बारा, साउन १७ । मधेश प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरण विना प्रदेश अथवा देशको समृद्धि को परिकल्पना समेत गर्न नसकिने बताउनु भयो ।
प्रदेश सरकारले उद्योग हरुको लागी विशेष प्याकेजको कार्यक्रमहरु ल्याए पनि संघीय कानून को आभावमा कार्यान्वयन गर्न समस्या भै रहेको उल्लेख गर्नु हुदै मुख्यमन्त्री राउतले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब शुरू गर्न संघीय सरकार संग मांग समेत गर्नु भयो ।
सबै भन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेश को रूपमा रहेको मधेश प्रदेशका युवाहरुलाई उचित तालिम को ब्यवस्था गरि स्वदेश मै रोजगारी उपलब्ध गराउने प्रदेश सरकार को योजना मा सहकार्य गर्न मुख्यमन्त्री राउतले उद्योगी हरुलाई आग्रह समेत गर्नु भयो ।
उद्योग धन्धा हरुको स्थापना देखी संचालन सम्ममा उत्पन्न विभिन्न समस्या हरु लाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणाली मार्फत अघि वढेको स्मरण गराउदै मुख्य मन्त्री राउतले प्रदेश सरकार ले हिजो मात्र विरंगंज मा उद्योग विभाग स्थापना गर्ने गरेको निर्णयले ठुलो सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नु भयो ।
सम्मेलनमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सम्मेलन बाट आउने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गर्नु भयो ।
औद्योगिक विकास का लागी प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरु बारे जानकारी गराउदै उहाँले प्रदेशको आर्थिक समृद्धि र विकासका लागी निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो।
सम्मेलन मा उद्योग पर्यटन तथा बनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नु का साथै वर्तमान आवश्यकता र कानूनी जटिलता जस्ता समस्या हरुको समाधान को बाटो पहिल्याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।
सम्मेलन को उद्घाटन सत्रमा नेपालका लागी वेलायती राजदूत निकोला पोलिट, नेपाल उद्योग परिसंघ का निवर्तमान अध्यक्ष सतिश मोर, उपाध्यक्ष राजेश अग्रवाल , मधेश प्रदेश संयोजक नरेश दास सहित ले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सम्मेलनमा प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सरकार का प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका सचिवहरु लगायत प्रदेश स्थित करिब एक सय जना उद्योगी हरुको सहभागिता रहेको छ ।
नेपाल उद्योग परिसंघ, स्वदेशी, शिप परियोजना र युके एड को सहयोगमा मधेश सरकार ले आयोजना गरेको औद्योगिक सम्मेलनमा प्रदेश सरकारले प्रदेशको आर्थिक विकासमा योगदान दिने २३ उद्योग हरुलाई यश अघि पुस्कृत समेत गरेको थियो ।