वीरगञ्ज । पर्साको सदरमुकाम वीरगञ्ज भन्दा १५ किलो मिटर पश्चिममा रहेको पोखरीया नगरपालिका जिल्लाकै दोस्रो सदरमुकामको रुपमा रहेको नगरपालिका हो । पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल ग्रामीण क्षेत्रका जनताका लागी लाइफ लाईनको रुपमा प्रयोग हुने गरेको छ ।
सो क्षेत्रका जनताहरु विरामी भएमा उपचारका लागी पहिलो प्राथमीक्ता पोखरीया अस्पताललाई दिने गरेका छन् । त्यहाँ उपचारमा समस्या भए मात्र थप उपचारका लागी विरामीहरु वीरगञ्ज जाने गर्दछन् । तर अहिले पोखरीया अस्पताल जर्जर अवस्थामा रहेको छ । अस्पतालको अवस्थालाई मध्यनजर गरी नगरपालिकाले मंगलबार औपचारिक वैठक बसाएको थियो । नगर प्रमुख प्रदुमन चौहानको अध्यक्षतामा बसेको औपचारिक बैठकमा अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा.सजय गूप्ताले अस्पतालको अवस्था बारे जानकारी गराएका थिए ।
वर्षायाममा अस्पतालको छत चुहिने, अस्पतालमा पानी पस्ने, ब्लड बैंकको विना सलयक्रिया गर्न समस्य हुने, अस्पतालको फोहोरलाइ व्यवस्थापन गर्ने, विजुली, पानी, औषधी, ल्याब टेस्ट गर्ने केमिकल र थप जनशक्ति भर्ना गर्ने जस्ता समस्या बैठकमा राखेका थिए । त्यसै गरी सरसफाई कर्मचारीले कम तलबमा कसरी काम गर्ने भनेर आफ्नो कुरा नगर प्रमुख समक्ष राखेका थिए ।
नगर प्रमुख चौहानले अस्पतालमा भएको समस्या समयमै सामाधान गर्न पालिकाका प्रमुख प्रशासन अधिकृत अशोक रौनियारलाई निर्देशन दिएका छन् । राम्रा सेवा दिने कर्मचारीलाई पुरस्कृत र अटेर गर्ने, समयमा नआउने, सेवाग्राहीलाइ दुःख दिने कर्मचारीलाई कार्यवाहीको दायरामा लियाउने नगर प्रमुख चौहानले बताए । सो बैठकमा पोखरिया नगरपालिकाका मेयर प्रदूमन चौहान, प्रमूख प्रशासकिय अधिकृत अशोक रौनियार, अस्पतालका नि.मेडिकल सूपरिटेन्डेन्ट डा.सजय गूप्ता, प्रशासकिय अधिकृत विजय झा, स्वास्थ्य विभाग प्रमूख कौशेलेन्द्र मिश्र लगायत अस्पतालका अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।