दिनेश मिश्र ।
पोखरिया । पर्साको पोखरियामा नेपाल विद्युत प्राधिकरण, पोखरिया वितरण केन्द्रले विद्युत चुहावट गर्ने ४ सय ९० जना सेवाग्राहिलाई कार्यवाही गरेको छ । जिल्लाकै १४ वटा पालिका मध्ये पर्सागढी नगरपालिकाको वडा नं. ५, ६, ७ बाहेक १४ वटा पालिकामा पोखरिया प्राधिकरण विद्युतको सेवा प्रवाह गरी रहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवालिने कुल सेवाग्राहीको संख्या ३८,००० रहेको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा ४ करोड ७२ लाख ७८ हजार ४ सय १२ युनिट खपत गर्न भएकोमा ३ करोड ५८ लाख ८७ हजार ५ सय ६० युनिट सेवाग्राहीलाई विक्री गरी रु.३० करोड १५ लाख ७२ हजार ६ सय ४२ रुपैयाँ आम्दनी गरेको पोखरिया प्राधिकरणले जनाएको छ । गत वर्ष ०७७/०७८ मा २८.०४ प्रतिशतले चुहावट भएको थियो भन्ने आ.व.०७८/०७९ मा २३.१६ प्रतिशत लक्ष्य रहेकोमा २४.०९ प्रतिशत चुहावट भएको छ ।
आर्थिक वर्ष ०७७/०७८ भन्दा आ.व.०७८/०७९ मा ३.९५ प्रतिशतले कमि आएको छ । चूहावट गर्ने ४ सय ९० जना सेवाग्राहीबाट २ लाख ६० हजार ३ सय ९४ युनिट चुहावट भएकोमा ५२ लाख ३६ हजार ५ सय ८२ रुपैयाँ असुल गरिएको पोखरिया प्राधिकरणका सूचना अधिकारी सुरेश मुखियाले जानकारी दिनुभयो ।
विद्युत शुल्क नतिर्दा ९ सय ४७ जना सेवाग्राहीबाट ९ करोड ५ लाख ५० हजार ३ सय ६६ रुपैयाँ बक्यौता रहेको मध्ये ५ सय ४३ सेवाग्राहीबाट ३ करोड ४ लाख ९७ हजार ६ सय ७० रुपैयाँ असुल गरेपाछि लाइन पुनः जडान गरिएको छ । प्राधिकरणको कालोसुचीमा रहेको कुल सेवाग्रमहीको संख्या ४ सय ४७ रहेको छ । जस मध्ये १० जनाले ५ लाख ४६ हजार ३ सय ३५ रुपैयाँ तिरेपछि बाँकी रहेका ४ सय ३७ जनालाई कालोसुचीमै राखी लाइन काटिएको छ । पोखरिया विद्युत प्राधिकरणले विभिन्न उपकरणको मरम्मत संभारमा ३७ लाख ५० हजार समेत खर्चे गरेको जनाइएको छ ।
बन्द रहेको मिटर बदली
नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले ३०१ वटा बन्द रहेको मिटर बदली गरेको छ भने ६ हजार ३ सय ४८ वटा मिटर पुनः शिलबन्दी गरेको छ । प्राधिकरणले ४ सय भोल्ट / २ सय २० भोल्ट को ५२.८९ किलोमिटर लाइन विस्तार गरेको छ । ११ केभिएको २१.३५ किलोमिटर लाइन विस्तार भए छ भने पोखरिया देखि सेढवासम्म ३३ केभिएको १८ किलोमिटर लाइन विस्तार गरेको प्राधिकरणले जनाएको छ ।