दिनेश मिश्र ।
पोखरिया । पर्साको पोखरिया नगरपालिका स्थित नमुना विद्यालयको रुपमा स्थापित रहेको श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयले व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा आज वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन समिति गठन गर्न विगत ४ वर्षमा पहिलो पटक सबैलाई समेटेर व्यवस्थापन समिति अन्तरक्रिया कार्यक्रम भएको छ ।
२ हजार ६ सय विद्यार्थी रहेको विद्यालयमा व्यवस्थापन समिति नरहेको करण कक्षा कोठाको अभाव, शिक्षकको अभाव, व्यवस्थापन समितिको अभावले गर्दा शैक्षिक अवस्था दिनप्रतिदिन खस्किदै गरेकोले अविलम्ब व्यवस्थापन समिति गठन गर्न आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश रौनियारले बताउनुभयो । प्र.अ रौनियारले नगरपालिकाको शिक्षा शाखाको संयोजकमा विद्यालय व्यवस्थापन समिति गठन हुने हो तर पाँच दिन अगावै सुचना दिए पनि शिक्षा शाखाका संयोजक विजय झा उपस्थित नभइदिएकोमा दूःख प्रकट गर्नुभयो ।
बिना विद्यालय व्यवस्थापन समितिको विद्यालय चल्न नसक्ने अवस्था रहेको छ । विद्यालयको आवश्यकता अनुसार विभिन्न शिर्षकमा आएको बजेट विना व्यवस्थापन समितिको खर्च गर्न सकिदैन । विद्यालयको प्र.अ.रहे पनि स्थानिय ऐन अनूसार नगरपालिकाको अधिकारीक परिपत्र विना विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, लेखा परिक्षण समिति बनाउन सकिदैन् । निजि श्रोतको भरमा विद्यालय चलाउन प्रयास मात्र गर्न सकिने गुणस्तरीया शिक्षा प्रदान गर्न नसकिने प्र.अ रौनियारले प्रष्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रम पर्सा निर्वाचन क्षेत्र नं. ३ को ख बाट निर्वाचित भएका प्रदेशसभ सदस्य प्रहलाद गिरीले अज्ञानरुपि अंधकारलाई ज्ञानरुपि शिक्षाले प्रकाश पार्न सक्छ । शिक्षाले नै देश समृद्ध बनाउन सकिन्छ । पकाहामैनपूर विद्यालय पछि दोश्रो पोखरिया विद्यालयको २०२४ सालमा स्थापना भएको कुरा जानकारी गराउनुभयो । विद्यालय व्यवस्थापन सम्बन्धि सर्वदलिय अन्तरकृया गर्न बोलाएकोमा खुशी व्यक्त गर्नुभयो । आफू समक्ष भए अनुसार प्रदेशबाट बजेट ल्याएर विद्यालयको शैक्षिक अवस्थामा सुधार गर्न तत्पर रहेको प्रदेशसभा सदस्य गिरीले जानकारी दिनुभयो ।
पोखरिया नगरपालिका नगर प्रमुख प्रदूमन चौहानले अन्तरक्रिया कार्यक्रममा बोल्दै शैक्षिकस्तर सुधार्न कुनै कसर नछाडने बताउनु भएको छ । पोखरिया नगरपालिकाका नगर प्रमुख चौहानले शैक्षिकस्तर सुधार्न प्रतिबद्धता जाहेर गर्नुभयो । पोखरिया विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सबै राजनितिक दल, बुद्धिजिवी, नागरिक समाजका अगुवा, समाजसेवी, युवा वर्ग, अभिभावक वर्ग तथा विद्यालयका पूर्व प्रधानाध्यापक बच्चन प्रसाद श्रीवास्तव, शत्रृधन गिरी, गौरीशंकर चौहान, व्यास महतोलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
राजनीतिक पूर्वाग्रहलाइ छोडेर शैक्षिक अवस्था सुधार्नको सबैको त्यतिकै भुमिका आवश्यक रहेको बताउनुभयो । शैक्षिक अवस्था नसुधरे पोखरिया नगरपालिकाको उन्नति र प्रगतिको कल्पना पनि गर्न सकिदैन । शैक्षिक अनुभव भएका पूर्व प्र.अ, नागरिक समाज, अभिभावक वर्गलाई समेटेर सबैको सहमतिमै ७ सदिस्य वा १३ सदिस्य कोरकमिटी बनाउन प्रधानाध्यापक ओमप्रकाश रौनियारलाई आग्रह गर्नूभयो । विद्यालय व्यवस्थापन समिति गठन लगतै विद्यालयको भौतिक संरचना देखि लिएर शिक्षक पदपूर्ति, शैक्षिक अवस्था सुधार लगायत अन्य सबै समस्या हल हुने विश्वस्त रहन नगरबासीलाई अनुरोध समेत गरे ।
श्री जि.उ.क.रा.मा.वि.पोखरियाका प्रधानाध्यापकको अध्यक्षता प्रमूख अतिथि प्रदेश सभासद प्रहलाद गिरी, विशिष्ठ आतिथ्या नगर प्रमुख प्रदुमन चौहानको, अतिथी पूर्व सभासद रामेश्वर रौनियार, पूर्व मेयर दिपनारायण रौनियार, पूर्व प्र.अ.बच्चन श्रीवास्तव, पूर्व प्र.अ शत्रृधन गिरी, पूर्व प्र.अ व्यास चौहान, १० वटै वडा का निर्वाचित वडा अध्यक्ष, लोसपा नेजामूदिन समानी, सुशासन पार्टीका शंकर यादव, जसपाका राजु साह तेली, सबै दलका नगर अध्यक्ष, नागरिका समाज, अभिभावक, पोखरिया यूवा समाजका सम्पुर्ण सदस्यको उपस्थिति रहेको थियो ।