दिनेश मिश्र । पर्साको पोखरिया नगरपालिकाको विकासका लागि सर्वदलीय बैठक सम्पन्न भएको छ । नगरपालिकाको विकास र समृद्धिका नगरप्रमुख प्रदुमन चौहानले तिव्र गतिमा कार्य शुरु गर्नुभएको समाचार छ । विकासकै क्रममा रहेको श्री जिल्ला उच्चलाङ्ग रामदेव कलवार माध्यमीक विद्यालयमा व्यवस्थापन समिति नरहेको कारण विद्यालयको विकास हुन नसकेको जनाइएको छ ।
विद्यालयलाई आवश्यक सामान खरीद, मरमम्त तथा शिक्षक पदपूर्ति गर्न गाह्रो भएको गुनासो आएपछि मेयर प्रदुमन चौहानले गत श्रावण २१ गते पहिलो वैठक डाकेर सर्वदलिय छलफल गराएका थिए । छलफलकै क्रममा आईतबार पनि दोश्रो पटक सर्वदलिय वैठक नगरपालिकाको सभा हलमा आयोजना गरी वृहत छलफल सम्पन्न भएको पोखरिया नगरपालिकाले जनाएको छ । सर्वदलीय बैठकमा उपस्थित भएका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए ।
मेयर प्रदूमन चौहान (नगर प्रमुख) - राजनीतिबाट माथि उठेर योग्य र सक्षम व्यक्तिलाई नियम सम्वत व्यवस्थापन समितिमा राख्नूपर्ने धारणा राख्नू भयो । शिक्षामा अनूभव प्राप्त गरेको व्यक्ति मात्र यसको मूल मर्म वूझेर अगाडि सार्न सक्छ । शिक्षामा गूणस्तरीय सूधार ल्याउनेमा पनि जोड दिनू भयो । पोखरिया नगरपालिकामा विकाशको सन्दर्भ ४० वर्ष देखि नगरविकास रोकेको दूःख व्यक्त गर्नू भयो । यसको सामाधान गर्न स्वास्थ्य, शिक्षा पछिको मेरो प्राथमिकता रहेको पनि बताउनू भयो । नगरविकासको निस्तार निश्केपछि जग्गा पर्याप्त मात्रमा उपलब्ध हूनेछ र ग्रीन पार्क, बस पार्क, सहायक कार्यालय, उद्योग व्यापार, चिल्ड्रेन पार्क जस्ता अति आवश्यक राख्न सजिलो हूनेछ । विकास निमार्ण कार्य गर्न सधै यस्तै उपस्थित भई सल्लाह सूझाव दिइराख्न सबै नागरीक समाज, अभिभावक, यूवा समाज, राजनीतीक दल संग अपेक्षा पनि राख्नू भयो । श्रावण १३ गते सोमबार विहान ९ बजेदेखि हूने अभिभावक भेलामा उपस्थित हून निमन्त्रणा पनि दिए ।
शत्रुधन गिरी (पूर्व प्रधानाध्यापक) - २०४२ सालमा शुरु भएको नगरको विकाश हुनु जरुरी छ । नगर विकासको जग्गा गुठीमा भएको जग्गा साधारण जग्गामा परिणत गराउनको मेयरसंग अनुरोध गरे । स्वर्ग.राजा विरेन्द्रको जन्मोत्सव प्रत्येक पौष १४ गते उपलक्ष्यमा लाग्ने कृषि मेला पोखरियाको लागि गर्वको कुरा थियो । मेलाले गर्दा स्थानियले मनोरञ्जनका साथ साथै व्यापारीलाई आर्थिक लाभ पनि हूने गर्दथ्यो । व्यवस्थापन समिति गठनको सन्दर्भमा संघिय अनूसार नियम संगत व्यवस्थापन समिति गठन हून गइरहेकोमा खूशी व्यक्त गर्नूभयो । पहाडी भेगमा अभिभावकहरु विद्यालय प्रति जागरुक भएको अनूभव शेयर गरे । मजबूत र पारदर्शी व्यवस्थापन समिति गठन भयो भन्ने पोखरियाको शिक्षामा सूधार हूने कूरामा विश्वस्त रहन आग्रह पनि गरे । पोखरियामा पनि लोकसेवाको कक्षा संचालन गराउनमा पनि विशेष जोड दिए ।
ओम प्रकाश रौनियार - विद्यालय व्यवस्थापन समिति गठन गर्ने सन्दर्भमा रहेको नियमावली बारे अवगत गराए । विद्यालयमा अध्यन गर्ने विद्यार्थीको अभिभावक २ जना पूरुष २ जना महिला गरी ४ जना सदस्य राख्ने प्रावधान रहेको छ । सम्बन्धित वडाबाट १ जना निवार्चित वडा अध्यक्ष वा वडा बाट सिफरिस गरेको प्रतिनिधि, १जना चन्दा दाता, १ जना नगरपालिकामा रहेको शिक्षा प्रमूख र मेयर गरी ७जना राख्ने प्रावधान रहेको पनि जिकिर गर्नू भयो । व्यवस्थापन समिति गठन गर्न उपस्थित सवै बूद्धिजिवी, नागरिक समाज, यूवा समाज तथा विभिन्न दलबाट नेतृत्व गर्ने सवैमा धन्यवाद पनि ज्ञापन गरे । बिना विद्यालय व्यवस्थापन समितिको विद्यालय चल्न नसक्ने अवस्था रहेको छ ।
विद्यालयको आवश्यकता अनूसार विभिन्न शिर्षकमा आएको पैसा विना विद्यालय व्यवस्थापन समितिको खर्च गर्न सकिदैन । विद्यालयको प्र.अ. रहे पनि स्थानिय ऐन अनूसार नगरपालिकाको अधिकारीक परिपत्र विना विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, लेखा परिक्षण समिति बनाउन सकिदैन् । २६०० विद्यार्थी रहेको विद्यालयमा कक्षा कोठाको अभाव, शिक्षकको अभाव, व्यवस्थापन समितिको अभावले गर्दा शैक्षिक अवस्था विग्रिरहेको जानकारी गराउनू भयो । निजि श्रोतको भरमा विद्यालय चलाउन प्रयास मात्र गर्न सकिने गुणस्तरीया शिक्षा प्रदान गर्न नसकिने प्रष्ट पार्नुभयो ।
श्री जि.उ.क.रा.मा.वि.पोखरियाका प्रधानाध्यापक ओम प्रकाश रौनियार, मेयर प्रदूमन चौहान, उप मेयर रुवि ठाकूर, पोखरिया नगरपालिकाका शिक्षा विभाग प्रमूख विजय झा, पूर्व मेयर दिपनारायण रौनियार, पूर्व प्र.अ शत्रुधन गिरी, पूर्व प्र.अ व्यास चौहान, पूर्व क्याम्पस प्रमुख ललन दुवेदी, पूर्व एसएसपी सनन्दन कुर्मी, पूर्व चिकित्सक अमलेश्वर मिश्र, निर्वाचित वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, पूर्व व्यस्थापन समिति अध्यक्ष शम्भुशरण गुप्ता, नागरिका समाज मनोज कुर्मी, मुकेश कुर्मी, पारस ठाकुर, गोवर्धन यादव, श्याम सुन्दर चौहान, इन्द्रदेव कुर्मी, मनोज चौहान, सन्तोस चौहान, योगन्द्र पटेल, राकेश महतो, पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वा उपस्थिति रहेको थियो ।