वीरगञ्ज । श्री नवरत्री महोत्सव दुर्गा पुजा सेवा समिति श्रीपुरले ५३ जनालाई सम्मानीत गरेको छ । दशैँको आज छ दिन विल्वपत्र निमन्त्रण र अन्तर्राष्ट्रिय वृद्ध–वृद्धा दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा आयोजित श्री दुर्गा पुजा सेवा समिति श्रीपुरले वृद्ध–वृद्धा, समाज सेवी र दुर्गा पुजामा अर्थिक तथा भौतिक सहयोग गर्ने ५३ जना ब्यक्तिलाई सम्मानीत गरेको दुर्गा पुजा सेवा समितिका अध्यक्ष दिपेन्द्र महोत धानुकले बताउनुभयो ।
विगत दश वर्ष देखी दुर्गा पुजा श्रीपुरमा हुदैआएको र प्रत्यक वर्ष सम्मान कार्यक्रमको आयोजना गरी पुजामा अर्थिक तथा भौतिक सहयोग गर्ने ब्यक्तिहरु को मनोबल बढाउने काम गरेको समितिका सचिव जोशी महतो धानुकले बताए । प्रत्यक वर्ष देखी हुदैआएको पुजा यस वर्ष पुजा गर्न कठिन भइरहेको समितिका सचिव धनुकले बताए ।
प्रत्यक वर्ष महंगाई बढनुको कारण यस वर्ष हाम्रो बजेट ७ लाख सम्म पुगेको छ । जसमध्य ४ लाख संकलन गरी ३ लाख खर्च पनि भएको उनले बताए । आर्थिक अवस्था नाजुक भएकोेले चन्दा दाताहरु संग समयमा चन्दा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
वडा अध्यक्ष अजय कुमार बरैको प्रमुख अतिथीमा आयोजना भएको सम्मा कार्यक्रमा पुर्व वडा अध्यक्ष प्रदुमन प्रसाद सेढाई, वडा सदस्य जगनलाल, महमद मुस्तकीम हवारी, वीरगञ्ज वडा नं. २३ का वडा अध्यक्ष शम्भु मिश्र, स्थानीय नेता विनोध महतो धानुक, महेश्वर महातो धानुक, प्रयाग महतो, स्थानीय भागरीत महतो धानुक, माधो साह, अर्जुन महतो, लगायत अन्यको सम्मान भएको छ ।