वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा सत्तागठबनन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार अजय चौरसियालाईको पक्षमा मत माग्न महिलाहरु पनि चुनावी प्रचारमा उत्रिएका छन् । पर्सा २ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका अजय चौरसिया र प्रदेशसभा ससदस्यमा लोसपाका रमेश कुर्मी उम्मेदवार छन् ।
बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को घडीअर्वा, अशोकवाटिका, रानीघाट र आदर्शनगरमा सत्तागठबन्धनले सन्चालन गरेको चुनावी घरदैलो कार्यक्रममा महिला मतदाताहरु ऋाफै सहभागी भइ पसार्न २ मा चौरसियाको पक्षमा मत मागेका थिए । क्षेत्रको विकासमा लागि पर्ने चौरसियाले जनताको सुखदुखमा सधैं साथ दिदै आएकाले यसपालिको चुनावमा उनलाई जिताउन आफुहरु चुनावी प्रचारमा लागेको महिला मतदाताहरुको भनाई थियो ।
महिलाहरुले काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले महिला सशक्तिकरणका लागि पनि विगतमा काम गरेकाले आफुहरुको भरोसा उनि माथि नै भएको प्रतिक्रिया पनि दिए । चुनावी घरदैलो कार्यक्रममा उम्मेदवारद्वय चौरसिया र कुर्मीका साथै प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा , पूर्ब वडाध्यक्ष रामनगीना साह कानु , काँग्रेस नेताहरु श्याम पोखरेल, राकेश सिंह, दिना गुप्ता, विजय सर्राफ, भोला कलवार, बैकुण्ठ श्रीवास्तव, क्षेत्रीय सचिव रन्जित पटेल, नगर सभापति मणिन्द्रलाल नेपाली, नगर उपसभापति सन्तोष गुप्ता, नगर सहसचिव दिपक साह, युवा नेता राकेश साह, धिरज गुप्ता, महिला नेतृहरु रम्भा मिश्रा, रुपा श्रेष्ठ, सन्तोष देवी खतिवडा लगायतको पनि सहभागीता थियो ।