पर्सा । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिक्दै जादा निर्वाचन अचार सहिताको जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले धज्जि उडाएको पाइन्छ । खास गरी पर्सा जिल्लाको हकमा हेर्न हो भने मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारले नै धज्जि उडाएको पाइएको हो । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले—जसपा गठबन्धनको तर्फबाट जसपाका प्रदिप यादवले पार्टी प्रचार प्रसार गर्नको निम्ति शिक्षक पेशामा कार्यरत रहेकाहरु लाई लगाएको प्रमाण समेत फेला परेको छ ।
जसपाका उम्मेदवार प्रदिप यादवकी श्रीमति पिंकी यादव, शिक्षक संतोष सरार्फ लगायत दर्जनौ शिक्षकहरुलाई पार्टी प्रचार प्रसारमा लगाएको बारे समाचार उजागर भएपनि निर्वाचन आयोगले कानुनी कारवाही अगाडी बढाउनुको साटो मौन धारण गरेको पाइन्छ । निर्वाचन आयोगको आदेशलाई धज्जि उडाउदै पार्टी प्रचार प्रसारमा लगेकी महिला पिंकी यादव, उम्मेदवार प्रदिप यादवकै श्रीमति हुन ।
उम्मेदवारबाटै आचार सहिता विपरीत पार्टी प्रचार प्रसारमा लागेपनि कारवाही प्रकृया अगाडी बढाउनुको साटो मौन धारण गर्नुले निर्वाचन आयोगको नीति निर्देशन माथि प्रश्ण चिन्ह खडा भएको छ । निर्वाचन आयोगले कुनैपनि किसिमको सरकारी कर्मचारी पार्टीको प्रचार प्रसारमा लागेको फेला परे जागिर नै जाने बताएपनि निर्वाचन क्षेत्र नम्बर १ मा त्यसको कार्यवयन हुन नसकेको देखिन्छ ।
पिंकी यादव शिक्षक हुन की नेतृ ?
पिंकी यादव शिक्षक हुन की नेतृ ? भन्ने बिषयमा वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारीका स्थानीय बताउछन । निर्वाचन आउदा नेतृ बनेर पार्टीको प्रचार प्रसारमा लाग्ने र निर्वाचन पश्चात शिक्षक बनेर स्थानीय बिद्यालयमा अध्यण गराउने, स्थानीयहरु बताउछन ।
त्यस्ता शिक्षकहरुले गर्दा ३ सय भन्दा बढी बिधार्थीहरु रहेको बिद्यालयमा हाल मात्र ३० जना अध्यणरत रहेको स्थानीय बताउछन । पिंकी यादव शिक्षक हुन की नेतृ ? चिन्नै गारो भएको स्थानीयहरुले दुखेसो पोखे । निर्वाचन आयोगले शिक्षक पेशामा आवद्ध रहेकाहरुलाई पार्टी प्रचार प्रसारमा रोक लगाएपनि पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा उक्त आदेशलाई धज्जि नै उडाएको पाइन्छ । यस्तो खुलम खुल्ला पार्टी प्रचार प्रसारमा लागेका शिक्षकहरु माथि निर्वाचन आयोगले कारवाही गर्ने हुन की होइनन हेर्न बाकी नै रहेको छ ।