वीरगञ्ज । नेपाल दशनामी समाज मधेश प्रदेशको दोस्रो र पर्सा जिल्लाको पाँचौ अधिवेशन भव्यकासाथ सम्पन्न भएको छ । वीरगञ्ज स्थित चावोसती अतिथी सदनमा दशनामी समाजको मधेश प्रदेश र पर्सा जिल्लाको अधिवेशन सन्युक्त रुपमा आयोजना गरी सम्पन्न गरीएको छ ।
अधिवेशनमा जिल्ला मुल कमिटी र प्रदेश मुल कमिटी गठन गरिएको छ । दशनामी समाजको मधेश प्रदेश कमिटीको अध्यक्षमा रौतहटका रामचन्द्र गिरी, उपाध्यक्षमा पर्साका अरुण पुरी, महिला उपाध्यक्षमा मिरा पुरी, सचिवमा दिनेशचन्द्र गिरी, कोषाध्यक्षमा बाराका मुरारी पुरी, सदस्यहरु सरस्वती गिरी, गजेन्द्र गिरी सहित २५ सदस्य कमिटी गठन गरिएको छ ।
त्यसै गरि पर्सा जिल्लाको मुल कमिटीका अध्यक्षमा विनोद गिरी, उपाध्यक्षमा श्रीभगवान गिरी, महिला उपाध्यक्षमा शशीलता गिरी, सचिवमा नन्दकिशोर गिरी, सह–सचिव दिपेन्द्र गिरी, कोषाध्यक्षमा श्याम गिरी, सदस्यहरु मुन्नीलाल, गौरीशंकर, दिगम्बर गिरी सहित २५ सदस्यी कमिटि गठन गरीएको छ ।
समाजका पर्सा जिल्ला अध्यक्ष दिनेशचन्द्र गिरीको अध्यक्षतामा आयोजना गरिएको अधिवेशनमा प्रमुख अतिथी दशनामी समाजका केन्द्रीय निवर्तामान अध्यक्ष रन्जन गिरी, विशिष्ट अतिथी केन्द्रीय उपाध्यक्ष धु्रव गिरी, सुरेश गिरी, महासचिव तुलसी गिरी, केन्द्रीय सदस्य तुलाराम गिरी, बच्चा गिरी, रौतहट जिल्ला अध्यक्ष रामाशंकर गिरी, बाराका जिल्ला अध्यक्ष नरेन्द्र गिरी, चितवन जिल्ला अध्यक्ष जिवलालपुरी, नेपाल प्रहरीका वरिष्ट उपरिक्षक लालबाबु गिरी लगायत ८ औं जिल्लका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकर ण विनोद गिरीले गर्नुभएको थियो ।