वीरगंज । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको नेपाल ईन्टरमोडल यातायात विकास समिति (आईसिपि) वीरगंज पर्साले ३ वटा लेवर सप्लाई कम्पनी र केही स्थानिय मजदुरहरुलाई काम गर्नबाट रोक लगाए पछि शनिवार मजदुरहरुले बिरोध जनाएका छन् ।
नेपाल ईन्टरमोडल यातायात विकास समिति (आईसिपि) वीरगंज र टी.आर.एस. हिमालयन लोजीपार्क प्रा.लि. बीच २० मार्च २०२३ मा हस्ताक्षर गरी वीरगंज एकिकृत जाँचचौकी संचालन र व्यवस्थापन गर्नका लागि टी.आर.एस. हिमालयन लोजीपार्क प्रा.लि.ले जिम्मा लिएपछि श्री साक्षी लेवर सप्लाई कम्पनी प्रा.लि. वीरगंज पर्सा, श्री कुनाल एण्ड चौधरी कम्पनी प्रा.लि. सिर्सिया, पर्सा र श्री ए.वान सर्भिस प्रा.लि. सुकेधारा, काठमाडौंलाई चैत १७ गते शुक्रवारका दिन काम नगर्न पत्रचार गरेपछि लेवर कम्पनिहरुले बिरोध जनाएका छन् ।
आफुहरुले बिगत ५ वर्ष देखि कार्य गर्दै आए पछि एकाएक बिना पूर्व सूचना अचानक हिजो काममा नआउन पत्रपाएपछि आफुहरु दुःखित भएको साक्षी लेबरका प्रोपराईटर रामनारायण ठाकुरले जनाएका छन् । “आफुहरुलाई पूूर्व सूचना दिएको भए हाम्रौ बाकी रहेको करिब ५÷७ लाख रुपैया उठाउन सहज हुन्थ्यो”, उनले भने “काममा जान नपाए पछि आफुहरुको पैसा डुब्ने सम्भावना भएकोले बाध्य भएर आन्दोलनको बाटो रोज्ने बताए ।” हाम्रो फँसेको पैसा निकाल्नको लागि या त समय दिनु प¥यो या त पुनः काममा फर्कने वातावरण बनाउन ठाकुरले माग गरे ।
आफुहरुमाथि भएको अन्यायबाट न्याय पाउनको लागि चैत १९ गते पर्सा जिल्ला अदालतमा समेत मुद्दा दर्ता गराएको बताए । जस्को मुद्दा नं. ०७९/ध्इ/००७२ रहेको समेत ठाकुरले बताए । तीन वटै कम्पनिमा करिब ५ सय मजदुरहरु कार्यरत्त रहेका थिए । हामी स्थानिय भएकोले यो आईसिपि बनाउदा हाम्रो जग्गा पनि यसमा परेको थियो । स्थानियहरुलाई विशेष ग्राहयता दिएर काममा लगाउने सम्झौता भए पनि त्यो सम्झौता पालना नभएको भनि दुःखेसो पोखे । सो ५ सय मजदुरले मजदुरी गरे वापत हजारौंको गुजारा चल्थ्यो तर एकाएक हटाएपछि मर्नु न बाच्नु जस्तो भएको मजदुर शिव चौधरीले बताए ।
हाम्रो कम्पनिले ५ वर्षमा काम गर्दा हालसम्म कुनै त्रुटी नभए पनि आईसिपिको टेन्डर निकाल्दा कुनै सूचना नदिई अचानक हटाउदा हाम्रो पैसा डुबने भएकोले आफुहरु बन्द, हडतान गरेर भए पनि पैसा निकासा गराउने नरेश कुमार चौधरीले बताए । सो सम्बन्धमा वीरगंज महानगरपालिका वडा नं. १७ अलौंका वडाध्यक्ष संजु छतकुलीसँग सम्पर्क गर्दा आईसिपिको लागि जग्गा अधिग्रहणको समयमा स्थानियलाई विशेष ग्राहयता दिने भनि सम्झौता भए पनि नयाँ ठेक्कामा लिएका ठेक्केदारले बाहिरबाट आफ्ना मान्छेहरु ल्याई राखेकोमा दुःखित भएको बताए ।
सो सम्बन्धमा पुनः ठेक्केदारसँग समन्वय गरी मजदुरलाई काममा राख्नका लागि छलफल गरी समस्याको समाधान निकाल्ने बताए । सो सम्बन्धमा आईसिपिका सूचना अधिकारी हरि राज पौडेलसँग सम्पर्क गर्दा समितिको कार्यालय र कम्पनी बिच भएको करार सम्झौता सम्पन्न भएकोले उनिहरुलाई कामगर्नबाट रोके लगाईएको प्रतिक्रिया दिए ।