पर्सा । नेपला दशनामी समाज सखुवा प्रसौनी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गुरू शंकराचार्य ज्यन्तीको शुभ अवसरमा पुर्व अध्यक्ष नारायण गिरीको अध्यक्षतामा सखुवा प्रसौनी स्तिथ रहेको बाबा पारसनाथ मन्दिरको प्राङ्गणमा आयोजना भएको अधिवेशनबाट ११ सदस्यी नयाँ कार्य समिति गठन गरिएको नेपाल दशनामी समाज पर्साका अध्यक्ष विनोद गिरीले बताउनुभयो ।
नव गठित कार्य समितिका अध्यक्ष श्रीराम गिरी, उपाध्यक्ष सोनालाल गिरी, सचिव बलिराम गिरी, सह–सचिव राजमोहन गिरी, कोषाध्यक्ष विजयकान्त गिरी, सदस्यहरुमा शारदा गिरी, नागेन्द्र गिरी, अरबिन्द गिरी लगायत अन्य सदस्य चयन गरीएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समाजका केन्द्रीय उपाध्यक्ष सुरेश गिरी, पुर्व केन्द्रीय सल्लाकार डा.जगत नारायण गिरी, केन्द्रीय सदस्य दिगम्बर गिरी, मधेश प्रदेश कमिटिका उपाध्यक्ष अरुण पुरी, पर्सा जिल्ला कार्य समिति अध्यक्ष विनोद गिरी, उपाध्यक्ष श्रीभगवान गिरी, सह–सचिव दिपेन्द्र गिरी, जिल्ला कार्य समिति सदस्य कृष्ण गिरी, समाज सेवी नीरराज गिरी, युवा जिल्ला कार्य समितिका अध्यक्ष उदयनाराण गिरी, त्रिभुवन गिरी, भरत गिरी, अरवी गिरी, डा. राजन पुरी लगायत दशनामी बन्दुहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई डा. सरोज गिरीले सहजिकरण गर्नुभएको थियो ।