वीरगंज । सशस्त्र प्रहरी वल नेपाल पर्साले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ४ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा आज बिहान करीब ०१ः५० बजेको समयमा बिरगंज महानगरपालिका ८ घण्टाघर स्थित सडक खण्डमा सशस्त्र प्रहरी बल नेपालको टोलीले बिरगंजबाट पथलैया तर्फ जादै गरेको ना २ ख ९४९१, ना ४ ख ८३८४, ना ३ ख ८०३९ र ना. ३ ख १००९ नम्बरका ट्रकहरु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका ना २ ख ९४९१ नम्बरको ट्रकमा बिल बिजकका उल्लेख भएको रकम ९५, ०२, ५५१ ना ४ ख ८३८४ नम्बरको ट्रकमा बिलबिजकमा उल्लेख भएको रकम रु ५७, ५६, ६९२ ना. ३ ख १००९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु ८४, ०९, ३३८ र ना ३ ख ८०३९ नम्बरको ट्रकमा बि बिजकमा उल्लेख भएको रकम रु २४, ६६, ८७७ रहेको छ ।
नियन्त्रणमा लिएका ४ वटा ट्रकमा लोड भएको सामानहरुमा भएको जम्ममा मुल्य रु १, ९८, २०, ३१५ (भ्याट सहित) बराबरको बिल बिजक भन्दा बढी र फरक सामान भएको आशंकामा सामानहरु सहित नियन्त्रणमा लिएका ४ वटै ट्रकहंरुलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएकोछ ।
– – – ।