बिरगंज । श्री नेपाल राष्ट्रिय बिद्यापिठ उच्च माध्यमिक बिधालय श्रीपुरका कक्षा ११ र १२ का विद्यार्थीहरु संग लागु औंषध तथा साईबर क्राइम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली र विद्यालयको सन्युक्त आयोजना लागु औषध तथा साईबर क्राईम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
श्रीपुर स्थित रहेको शाह दरवार पार्टि प्यालेसमा मंगलवार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा लागु औंषध भनेको के हो, यसको सेवनले मानिसलाई कस्तो असर पुर्याउछ, समाजमा यसको प्रभाव र घरपरिवारमा हुने कलह र दुर्वेशनिहरुले यसको ओसारपसार समेत गर्ने भएकोले यसको सजाय र रोकथाम बारे जिल्ला प्रहरी कार्यालय पर्साका बालबालिका सेवा केन्द्र तथा महिला सेलकि प्रमुख प्रहरी निरीक्षक मनिषा लौडारिले प्रशिक्षण दिनु भएको थियो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल विक्रम शाह, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष शाहि, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक अमर नेपाल, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका वरिष्ठ उपाध्यक्ष जयलाल साह, उपाध्यक्ष रेखा घिमिरे, सचिव दिलिप प्रधान, सदस्यहरु गिता चौहान, सामुदायिक आखा अस्पतालका डा. महेश सिंह धामि, बिधालयका प्रधानाध्यापक अनिल बर्नवाल, शिक्षक, शिक्षिका लगायत विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।
सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम शरार्फको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन वरिष्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्किले सन्चालन गर्नु भएको थियो ।