वीरगंज । श्री सिद्धार्थ माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका छात्र तथा दलित छात्रहरुलाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ ।
वीरगन्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा सो बिद्यालयमा अध्यनरत दलित छात्रहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका उप–प्रमुख आलमले मन्तब्यको क्रममा छात्रवृत्ति पाएका विद्यार्थीहरुले साथर्कताका साथ अध्ययनमा जोड दिदै आफ्नो जिवनको लक्ष्य हासिल गर्नतर्फ उन्मुख हुनु पर्ने बताए ।
छात्रवृत्तिले गर्दा दलित तथा विपिन्न परिवारका छोराछोरीको लागी आर्थिक सहयोग भएकोले गर्दा पढाई प्रति एकदम मेहेनत गरि पढनु पर्ने उनले बताए । विद्यालयले छात्रवृत्ति पारदर्शी रुपमा बाटेकोले खुसि लागेको र आउने दिनमा यस विद्यालयलाई महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
अहिले बिद्यालयमा भइरहेको भौतिक बिकाश बारे जानकारी लिदै आउने दिनमा विद्यालयको कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय बनाउने उनले बताए । यस विद्यालयमा म संग कुनै किसिमको सहयोग चाहियो भने तपाईंहरु प्रत्यक्ष रुपले म संग भेटि आफ्नो कुरा राख्न सक्नु हुन्छ सम्बोधन समेत गरे ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिमा व्यवस्थापन समितिका बरिष्ठ सदस्य शिवशंकार पटेल, प्रधानध्यापक रामेश्वर पाण्डे, अतिथि श्याम पटेल, नेपाली कांग्रेस वाड नं.१४ का बुथ सभापति बिसेश्वर प्रसाद कुर्मी, नेपाली कांग्रेसका नेता बाबुनन्द पटेल, धर्मराज यादव, उपमेयरका स्वकीय सचिव शेष कुमार हजरा, पत्रकार राहुल गुप्ताको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका सदस्य श्याम पटेल संचालन गर्नुभएको थियो ।