वीरगंज । नेपाल दशनामी समाज पर्साले शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजलाई कसरी स्तरोन्नती गर्ने, जिल्लाको हरेक पालिकाहरुमा समाजको समिति गठन गर्ने लगायतका विषयमा छलफल गरिएको छ ।
सो कार्यक्रममा नेपाल दशनामी समाज पर्साका अध्यक्ष विनोद गिरीले समाजको स्तरोन्नतीका लागी जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलो हातेमालो गर्दै अगाडि बढन सुझाएका थिए ।
समाजका प्रगति तथा गतिविधि बारे जिल्ला सचिव नन्दकिशोर गिरीले जिल्लामा १४ स्थानिय तह रहेको र सो मध्ये चारवटामा मात्र समिति गठन भएको र बाँकी रहेको १० स्थानिय तहमा छिटो गठन गरीने बताए । पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा समिति गठन भएको छ र गठित पालिकाका कार्य समिति सक्रिय रहेको उहाँले बताए ।
नेपाल दशनामी समाज पर्साका अध्यक्ष विनोद गिरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी नेपाल दशनामी समाज केन्द्रका केन्द्रिय उपाध्यक्ष सुरेश गिरी, केन्द्रिय सदस्य दिगम्बर गिरी, प्रदेश उपाध्यक्ष अरुण पुरी, जिल्ला उपाध्यक्ष श्रीभगवान गिरी, जिल्ला सह–सचिव दिपेन्द्र गिरी, जिल्ला सदस्य अखिलेश गिरी, सरोज गिरी, कृष्णा गिरी, प्रमोद गिरी, डा. सरोज गिरी, दिपेश गिरी लगायतका सदस्यहरुको उपस्थिती रहेको थियो ।