काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ । आयोगले एमबीबीएसमा १ हजार ९ सय २५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५ सय ४५ सिट बाँडफाँड गरेको छ ।
एमबीबीएस अध्यापनका लागि विराट, विपी, चितवन, शिक्षण अस्पताल, गण्डकी, काठमाडौं मेडिकल, किष्ट, काठमाडौ विश्वविद्यालयले एक एक सय सिट पाएका छन । यसैगरी, लुम्बिनी, महाराजगन्ज, मणिपाल, नेशनल, नेपाल मेडिकल, नेपाली सेना , नेपालगन्ज, नोबेल र युनिभर्सल ले पनि समान सय सिट पाएका छन ।
पाटनले ६५, देवदहले ६० तथा जानकी र कर्णाली ले ५०÷५० सिटमा अध्यापन गराउने अनुमति पाएका छन । बिडिएसतर्फ विपी, कान्तिपुर, काठमाडौं विश्वविद्यालय, र युनिभर्सललाई ५०÷५० सिट पढाउने अनुमति दिइएको छ । चितवन, काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४०÷४० सिट पाएका छन् ।
बिएएमएसतर्फ ३ कलेजलाई एक सय सिट बाँडफाँड गरिएको छ । यसैगरी, गण्डकी मेडिकल कलेजले ३०, किष्ट मेडिकल कलेजले ३५, नोबेल मेडिकल कलेज ३०, महाराजगन्ज मेडिकल क्याम्पस २५ र नेशनल मेडिकल कलेजले १५ सिट पाएका छन् । साभार एभिन्युज