बारा । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी चक्का जाम गरी हिन्दु परिषद नेपालले धर्ना तथा प्रदर्शन गरेको छ ।
छठ पर्व मनाउने विषयलाई लिएर दुई समुदाय बीच भएको झडपमा परी मृत्यू भएका राधेश्याम पटेलका परिवार र जिल्ला प्रशासन कार्यालय बीच भएको पा“च बु“दे सम्झौता कार्यान्वयन गर्न माग गर्दै हिन्दु परिषद् नेपाल बाराले बिहीबार जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना तथा प्रदर्शन गरेको हो ।
पुस २२ गतेका दिन जिल्ला प्रशासन कार्यालय बारामा बसेको सर्वदलिय सर्व पक्षीय बैठकबाट पाँच बुँदे सहमति भएको थियो । ती सहमतिहरु अहिलेसम्म कार्यान्वयन नभएको कारण बाध्य भएर आन्दोलन, प्रदर्शन र धर्नामा उत्रिनु परेको हिन्दु परिषद नेपाल बाराका अध्यक्ष गोपाल दासले जानकारी दिनुभयो ।
प्रशासनले सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेको कारण बाध्य भएर विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु लिएर सडकमा उत्रिन बाध्य भएको उहा“ले बताउनुभयो । पटक पटक लिखित तथा मौखिक रुपमा सम्झौता कार्यान्वयन गर्न गराउन जानकारी गराउँदा समेत कुनै सुनुवाई भएन ।
प्रशासन र सर्वदलीय सम्झौता कार्यान्वयन गर्न गराउन सबै सरोकारवालासँग माग गरेका हौ । तर पनि अहिलेसम्म हाम्रो मा“ग सम्बोधन हुन सकेको छैन । जुलुस र प्रदर्शनले हाम्रो माग सम्बोधन नभए हामी कडा प्रतिवाद गर्न बाध्य हुने छौ उहाँले भन्नुभयो, ‘कडा प्रदर्शनमा उत्रिए त्यसबाट हुने क्षतिको जिम्मा सरोकारवाला निकायहरुले लिनु पर्ने उहाँले बताउनुभयो ।’
शान्तिपूर्ण आन्दोलन गर्दा पनि माग सम्बोधन हुने सम्भावना नदेखिएकोले हामीलाई अझ कडा रुपमा प्रस्तुत हुन प्रशासनले बाध्य पारेको उहाँले जानकारी दिनुभयो ।
पुस २२ गते सर्वदलीय सर्वपक्षीय सम्झौतामा बिल बमोजिम पटेलको उपचारमा खर्च भएको सम्पूर्ण रकम र कानून बमोजिम पाउने १० लाख उपलब्ध गराउने, मृतक पटेललाई धार्मिक शहिद घोषणा, शहिद परिवारबाट एक जनालाई जागिर, दोषीलाई कानून बमोजिम कारवाही र बारा जिल्लामा धार्मिक खलल हुने गरि आन्दोलन नगरिने नगराउने पाँच बुँदे सम्झौता गरिएको थियो ।
कार्तिक २५ गते छठ पर्व मनाउन दुई समुदाय बीच भएको झडपमा परि राधेश्याम पटेल गम्भिर घाइते भएका थिए । घाइते भएपछि पटेललाई वीरगंज स्थित एस एल न्यूरो एण्ड जेनेरल हस्पिटल प्रालि पानी टंकीमा भर्ना गरिएको थियो । उपचारको क्रममा पटेलको पुस २१ गते निधन भएको थियो । पटेलको निधन पछि हिन्दु परिषद नेपालले विभिन्न माग राखी आन्दोलन शुरु गरेको थियो । आन्दोलन साम्य पार्न मृतकका परिवार र जिल्ला प्रशासन कार्यालय बारा बीच पाँच बुँदे सहमति भएको थियो ।
पटेलसँग भएको सहमित कार्यान्वयनको लागि केन्द्रमा सिफारिस गरिएको र जायज मागहरु चाडैँ नै सम्बोधन हुने बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो ।