बिरगंज । प्रथम अल्पाईन कप २०८० आज देखि सुरु भएको छ । बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा शनिबार भएको लिग क्रिक्रेट प्रतियोगिता २०८० को उद्घाटन क्यानका उपाध्यक्ष एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी मुसरफ ईजहारले ब्याटिङ्ग गरि गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता अल्पाईन सेकेन्डरी स्कुलका सस्थापक तथा कार्यक्रम संयोजक बिनोद उपाध्याय, बिशेष अतिथिहरु अल्पाईन स्कुलका प्रिन्सिपल विशाल उपाध्याय , पर्सा क्रिक्रेट संघका अध्यक्ष एवं नेशनल ईन्फोटेक कलेजका प्रधानाध्यापक मनिष सिंह, क्यानका पुर्व सदस्य एवं पर्सा क्रिक्रेट संघका सदस्य दाउद्द अन्सारी, पर्सा क्रिक्रेट संघका उपाध्यक्ष मुर्तुजा हवारी, सचिव घनश्याम गुप्ता, पर्सा क्रिक्रेट संघका सदस्य तथा प्रशिक्षक एवं अल्पाईन टिमका कोच कलामुदिन अन्सारी, ग्लोबल बिजनेश कलेजका डाईरेक्टर श्रीराम चौधरी, मेरिगोल्ड स्कुलका प्रिन्सिपल अनमोल कोईराला, मिनिल्यान्ड स्कुलका कोडिनेटर दिपक पटेल, जितेन्द्र पटेल, पत्रकार अजित भुजेल, आनन्द पटेल, दिपेन्द्र गिरी, आश महमद, शिवशन्कर मिश्रा, रितेश झा, प्रणय साह, खेल ईम्पाएर हिरालाल सर, बासु कर्ण रहनु भएको थियो ।
उद्घाटन खेलको पहिलो दिनको पहिलो खेल अल्पाईन सेकेन्डरी स्कुल र मिनिल्यान्ड +२ कलेज बीच भएको थियो । पहिलो दिनको पहिलो क्रिक्रेट खेलमा मिनिल्यान्ड+ द्द कलेजले अल्पाईन स्कुललाई ५ बिकेटले हराएरका थिए ।
अल्पाईन सेकेन्डरी स्कुलले टस जिति पहिलो ब्याटिङ्ग रोज्दै २० ओभरमा ९ बिकेटको क्षतीमा १०७ रन बनाएका थिए भने १०८ रनको लक्ष्य साथ दोस्रो ब्याटिङ गर्दै मिनिल्यान्ड +२ कलेजले १७.४ ओभरमा ५ बिकेट गुमाई १०९ रन बनाएर बिजयी भएका थिए । म्यान अफ द म्याच मिनिल्यान्ड +२ कलेजका बिशाल गुप्ता घोषित भएका थिए ।