वीरगंज । KTM 250 DUKE GEN-3 मोटरसाईकल आज एक कार्यक्रमका बिच वीरगंजमा पनि सार्वजनिक गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य एवं पुर्व कृषि राज्यमन्त्री करिमा वेगमले केक र रिबन काटेर सो मोटरसाईकल सार्वजनिक गर्नुभयो ।
७ लाख ३९ हजार नौ सय मुल्य रहेको सो मोटरसाईकल ५० प्रतिशत डाउन पेमेन्टमा लिन सकिने ईनाया ट्रेडिङ्गका संचालक साहिद प्रवेजले बताए । KTM 250DUKE GEN-3 मोटरसाईकल देशै भरि आज दिउँसो एक बजे सार्वजनिक गरिएको संचालक साहिद प्रवेजले बताए ।
प्रवेजले जेन ३ भर्जन नेपाली बजारमा सिमित अवधिको लागि मात्र ७ लाख ३९ हजार नौ सय मा उपलब्ध रहेको बताए । KTM 250DUKE GEN-3मा रेस ईन्सपाईड लाईन, स्पेर्टि लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम,लाईटवेट व्हिल,हाई पर्फमेन्स ब्रेक जस्ता बिशेषता रहेको कम्पनीले जनाएको छ ।
साथै यस बाईकमा रियर मेनेशक, कर्भड कास्ट आल्मुनियम स्वीङ्ग आर्म, अफसेट डब्लुपि एपेक्स शक पनि समावेश गरिएको छ । जसले ईम्प्रुभ्ड हान्डलिङ्ग पाउन सकिन्छ भने फोर पिस्टन रेडियल क्यालिपर्स र सुपरमेट एविएसले उत्कृष्ट ब्रेकिङ्ग प्रदान गर्दछ ।
हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का सहायक महाप्रबन्धक बिजय श्रेष्ठले नयाँ जेनेरेशनको KTM 250DUKE GEN-3 नेपाली बजारमा सार्वजनिक भएसंगै नेपालका मोटरसाईकल पारखीहरुका लागि नयाँ अनुभव प्रदान हुने दावी गरे ।
ईच्छुक ग्राहकहरुले नेपाल भरिका सवै केटिएम शो रुमबाट बाईक लिन सकिने कम्पनीले जनाएको छ । वीरगंजमा यो बाईक खरिदको लागि हुलास फाईनान्सले फाईन्स गर्ने लोन अफिसर रविकान्त चौरसियाले बताए ।
कार्यक्रममा फाईनान्सका रिजनल अफिसर रुपेश साह, ईनाया टे«डिङ्गका कर्मचारी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।