वीरगन्ज । वीरगन्जमा प्रहरीले भारतका एक फरार अभियुक्तलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४० बर्षिय बब्लु पासवान भन्ने गणेश पासवान रहेकाे पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
प्रहरी श्राेतका अनुसार उनी २०७९ असाेज ३ गते काठमाडौँको गोठाटारमा भएकाे भारतीय नागरिक लाल महम्मदकाे हत्याकाण्डका मुख्य योजनाकार र सुटर हुन् । उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार,विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतितर वीरगन्ज-१६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टाेलीले चेकजाँचका क्रममा पासवान भाग्न खाेज्दा प्रहरीले दुई राउन्ड गाेली चलाएकाे थियाे । त्यसमध्ये एक राउन्ड गाेली पासवानकाे खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए ।
पासवान लागू ओैषधकाे काराेबारी समेत रहेकाे थापाले बताए ।घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको थापाले जानकारी दिए।
पासवानकाे साथबाट एक थान पेस्ताेल र केहि राउन्ड गाेलीका साथै केहि परिमाणमा लागू ओैषधपनि बरामद भएकाे थापाले बताए ।
यसबारेमा थप अनुसन्धान गरी मंगलबार बिहान प्रहरीले विस्तृत जानकारी गराउने थापाले बताए ।
२०७९ असाेज ३ मा गाेठाटारमा लाल महम्मदकाे गाेली हानी हतणषा भएपछि त्यसमा संलग्न पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरी २०७९ असाेज १४ गते पक्राउ गरेर सार्वजनिक गरेकाे थियाे।तर हत्याकाण्डका मुख्य याेजनाकार र सुटर भनिएका पासवान भने फरार रहदै आएका थिए। साभार : मधेस खबर
(भिडियो साभार : मधेस खबरको फेसबुक पेजबाट)