वीरगंज । नेपाल दशनामी समाज केन्द्रिय कार्यालयले मेची–महाकाली अभियान जारी राखेको छ । समाजका केन्द्रिय कार्यालयको घर जग्गा ब्यवस्थापनका लागि आर्थिक श्रोत संकलन गर्न मेची–महाकाली अभियान सुरु गरिएको जनाइएको छ ।
अभियान अन्तर्गत देशकै सातवटै प्रदेशमा प्रदेश भेला गर्ने निर्णय अनुसार आज मधेस प्रदेशको प्रदेश भेला सम्पन्न भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित रहेको प्राईम पार्टी प्यालेसमा भब्यताको साथ मधेस प्रदेश भेला सम्पन्न भएको नेपाल दशनामी समाज बाराले जनाएको छ । प्रदेश भेलामा सातवटै जिल्लाबाट जिल्ला पदाधिकारी र साधारण सदस्य समेतको उपस्थित रहेको थियोे ।
नेपाल दशनामी समाजका मधेस प्रदेश अध्यक्ष रामचन्द्र गिरिको अध्यक्षतामा आयोजना भएको प्रदेश भेला कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष गोबिन्द गिरी, बिशिस्ट अतिथि समाजका संस्थापक संरक्षण कृष्ण कुमार गिरी, समाजसेवी एवं संस्थापक बारा जिल्ला अध्यक्ष पशुराम गिरी, समाजसेवि राजेश्वर गिरी, त्यसैगरी अतिथिमा समाजका केन्द्रिय उपाध्यक्ष सुरेश गिरी, ध्रुब गिरी, तुलसी गिरी, समाजका कार्यवाहक महासचिव अशोक गिरी, केन्द्रिय सचिव सन्तोष गिरी, सल्लाहकार बालकृष्ण गिरी, केन्द्रिय सदस्य मिरा पुरी, दिगम्बर गिरी, गायत्री भारती, घिसिङ गिरी, तुलसी गिरी, एल.बि. गिरी, निरोज गिरी, पुर्व केन्द्रिय सदस्य बच्चा गिरीको सहभागिता रहेको थियो ।
त्यसैगरी जिल्लाका अध्यक्षहरु बाराका नरेन्द्र कुमार गिरी, पर्साका बिनोद गिरी, उपाध्यक्ष श्रीराम गिरी, रौतहटका रामसेकर गिरी, महोत्तरीका श्याम गिरी, धनुषाका श्रीराम गिरी, मकवानपुरका सुदिप गिरि लगायत अन्य सदस्यहरुको उपस्थित रहेको थियो । भेला भब्यताको साथ सफल बनाउन ब्यवस्थापन समिति समेत गठन गरिएको थियो ।
ब्यवस्थापन संयोजक कन्दर्प राज गिरी, सह–संयोजक राजा गिरी, कोषाध्यक्ष मुरारी बाबू गिरी, सदस्यहरु कपुर राज गिरी, प्रकाश गिरी, अनिल गिरी, नन्दकिशोर गिरी, शिवचन्द्र किशोर गिरी, भिम भारती, गणेश भारती सहितको सहभागिता रहेको थियो । मेची–महाकाली अभियान अन्तर्गत कार्यक्रमका विशिष्ट अतिथि कृष्ण कुमार गिरीले आफ्नो ब्यक्तिगत तर्फबाट १ करोड रुपैयाँ सहयोग गर्ने घोषण गरेका छन् ।