बारा । जिल्ला प्रशासन कार्यालय बारामा राष्ट्रिय झण्डाको अपमान गरिएको भेटिएको छ । कार्यालयको फिल्डमा ल्गाइएको राष्ट्रिय झण्डा पुरानो भएपछि पुनः नयाँ लगाई सो पुरानो झण्डा कार्यालयको बामरुम, शौचालयको वालमा राखिएको छ ।
जिल्लाका प्रत्येक कार्यालयसहितका प्रमुख र ब्यक्ति बिशेषहरुलाई निर्देशन तथा कारवाही गर्ने निकायमा यसरी राष्ट्रिय झण्डाको अपमान हुने प्रवृती देखिएपछि त्यस कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरु शौचालयमा जादा यस्तो दृश्य देखेर छक्क पर्ने गरेका छन् ।
राष्ट्रिय झण्डालाई अपमानित गर्दै जिल्ला प्रशासन कार्यालय बाराले, नेपाल र नेपालीकै इज्जत माथी खेलवाड गरेका सेवाग्रहीहरुले बताएका छन् ।
राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्ने नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने ऐनमा व्यवस्था रहेको कानून व्यवसायी रामनारायण प्रसाद कुर्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, राष्ट्र र राष्ट्रिय बिभुती माथि कुनै प्रकारका आच आउन नदिन पुरानो झण्डालाई उचित व्यवस्थापनको जानकारी नभएपछि बेलाबेलामा यस्तो गम्भिर अपराधका कृयाक्लापहरु देखिन्छ ।
राष्ट्रको सम्मानको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको परिसरमा राष्ट्रिय झण्डा ल्गाइएको भेटिन्छ ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिन खोज्दा अनपढ, गवार सर–सफाई गर्ने कुनै कर्मचारीले शौचालय र बाथरुम सफा गर्न पुरानो कपडा सम्झेर यसरी राष्ट्रिय झण्डाको दुरुपयोग गरेको उहाँका स्वकिय सचिव एवम् अवकाश प्राप्त कर्मचारी रेवती प्रसादले यस्तो जानकारी दिनुभयो ।
यता साना दर्जाको कर्मचारीको लापरवाहीको कारण राष्ट्रिय झण्डाको यसरी शौचालयमा दुरुपयोग भएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले स्वीकार गर्नु भयो ।